अस्पताल अगाडि २ घण्टासम्म चिच्याइरहिन् गर्भवती, अस्पतालले भर्ना नलिएपछि अस्पतालकै गेटमा जन्मियो बच्चा, तर कर्मचारीले ति सुत्केरीको बेहाल अवस्था नदेखेजस्तै गरे
सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत उपलब्ध नभएपछि कान्तुका पतिले अनेक उपाय लगाउन खोज्दा पनि उनी असफल बनेपछि कान्तुले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्मदिँदा त्यहाँका कर्मचारीहरुले रमिता हेरेर बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
कान्तुको पिडा बढ्दै गएपछि उनीहरु स्पतालले भर्ना लिनेछ भन्ने आशामा पति र सासुले मोहकमपुरा अस्पताल अगाडि नै रोकिने निर्णय गरे पनि अस्पतालले भर्ना नलिएपछि उनी करिब २ घण्टासम्म ब्यथा लागेर चिच्याइरहिन् र अस्पताल नजिकैको सडकमै बच्चा जन्माइन् । एक सैलुनवालाले एउटा चादर दिएपछि त्यसैको आडमा डेलिभरी गराउँदासम्म अस्पतालका कर्मचारीहरुले भने कान थुनेर बसेको समाचारमा जनाइएको छ । अहिले प्रहरीले उक्त अस्पतालका कर्मचारीहरुलाई कारवाहीका लागि खोजी सुरु गरेको छ ।