News

कोरोना संक्रमण प्रदेश नम्बर ५ मा उच्च

काठमाडौं। कोरोनाबाट सबैभन्दा बढी प्रदेश ५ प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश ५ मा हालसम्म ३ हजार ८ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश नम्बर पाँचमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ३ हजार ७ सय ९४ जना, सुदुर पश्चिम प्रदेशमा २ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १ हजार ४ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, गण्डकी प्रदेशमा १ हजार १७, प्रदेश १ मा ५ सय ९४ र सबै भन्दा थोरै बागमती प्रदेशमा ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ५ सय ६४ रहेको छ।

Related Articles

Back to top button
Close