नुवाकोटका पराक्रमी सैनिक जवान मच्छिन्द्रद्वारा जलिरहेकाे देवराजको उद्धार (भिडियो)
काठमाडौं
नेपाली सेनामा कार्यरत पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेभञ्ज्याङ नुवाकोटका सैनिक मच्छिन्द्र भण्डारी गत कात्तिक २२ गते शुक्रबार दिउँसो ३ बजे भोलिपल्ट शनिबार ड्युउटीमा फर्किने गरी काठमाडौं नारायणहिटीस्थित श्री गोरखबहादुर गणबाट बानियाँटारस्थित डेरामा गएका थिए ।टोखा नगरपालिका वडा नं ९ बानियाँटारस्थित भण्डारीकै डेरा नजिक करिब दिउँसो साढे ३ बजे ठूलो आवाजमा बम पड्के जसरी आवाज आयो ।
त्यो आवाज नजिकैको नवनिर्मित साढे ३ तलाको घरको छतमा रहेको ट्वाइलेटमा बिजुली बत्ति जडान गर्ने क्रममा इँटा काट्ने क्रममा ग्रेन्डर मेसिनको तार एक्कासी हाइटेन्सन लाइनको तारमा छुन पुगी पड्कन पुगेको थियो। विस्फोट मात्रै भएन आगोको ज्वाला समेत बलेको थियो ।
भर्खर भर्खर डेरा पुगेका भण्डारी हतार हतार कहाँबाट के को आवाज आयो भन्दै घटनास्थलतर्फ दौडिए। बन्दै गरेको घरको माथिल्लो तलाबाट ५-६ जना मानिस चिच्याउँदै तल झरिरहेका भेटिए । र, भण्डारीले हतार-हतार के भयो । यो के को आवाज हो? भनि आत्तिएर दौडिरहेका ती मानिसलाई सोधे ।
एक जना मान्छे करेन्ट लागेर घरको माथिल्लो तलामा जलिरहेको छ भन्ने खबर थाहा पाउनासाथ म बचाउँछु भनी उनी भर्याङ उक्लिए । त्यही बेला अन्य छिमेकी र घटनास्थलमा जम्मा भएकाहरुले डरले हामी जाँदैनौं, तपाईं पनि नजानुस् भर्खर बनेको घर चिसो छ करेन्ट सर्ट छ भनेका थिए ।तैपनि उनले साहस देखाएरै छाडे । मलाई निगरानी गर्दै गर्नु जे पनि हुनसक्छ भन्दै बहादुर सैनिक जवान भण्डारी घरभित्र प्रवेश गरे। उनी पहिलो तल्लामा पुग्दा नै मान्छे जलेको गन्ध आइरहेको थियो ।
उद्धारकर्मी जवानले एक जना मान्छे शरीरभरी बिजुलीको तार बेरियर नाक र मुखमा आगोको ज्वाला र धुँवाले गर्दा अक्सीजन लिन नसकी जीवनको अन्तिम क्षणमा पुगी छट्पटाइरहेका थिए ।ती करेन्टले जलिरहेका व्यक्ति थिए लमजुङका देवराज अधिकारी। देवराजलाई देख्नासाथ हतारहतार करेन्टको तार यकीन गरी पानी खन्याइ दिए उनले। एकापट्टीको भागको आगो निभे पनि अर्को भाग बलिरहेको थियो।पानी प्रशस्त नभएको कारण नजिकै रहेको बालुवाको समेत प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए भण्डारीले। देवराजको डडान्लोको भाग, पेट र छातीको भाग सबै जलिसकेको थियो ।
आगोका ज्वाला र धुँवाले घाइतेलाई अक्सिजन कम भई स्वास प्रस्वासमा समेत गारो भइरहेको थियो।हत्त न पत्त बाहिर निस्किएर छतबाट यम्बुलेन्स यम्बुलेन्स, एकजना मानिस सख्त घाइते हुनुहुन्छ । उहाँलाई बचाउन सकिन्छ तपाईहरु एम्बुलेन्सलाई खबर गर्नुस् ।हेल्पमी हेल्पमी । केही ब्यक्तिमाथि आउनु । उहाँलाई तल लैजाउ भनी कराएका थिए। र, तल रहेका मानिसहरुले हामी आउँदैनौं भनेको भण्डारीले स्मरण गरे । कसैको पनि सहायता नपाएपछि उनी एक्लै देवराजलाई उचाल्न लागि परे।
केही छिनपछि केही व्यक्तिको सहयोग लिई घाइतेलाई तल सडकसम्म लगि शरीरमा बेरिएको तार निकाली तुरुन्तै ट्याक्सीमा हाली हस्पिटलसम्म पुर्याउन सफल भए ।झन्डै मृत्युवरण गर्न पुगेका अधिकारीलाई बहादुर सैनिक जवानले दोस्रो जुनी दिन सफल भएका छन्। हाल घाइते देवराजको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ।उनको शरीरको अधिकांश भाग पोलेको भागको मांसपेसी अपरेसन गरी खुर्कीई अन्य नजलेका थोरै भागको छाला निकाली टाँस्ने कार्य भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
हुन त नेपाली सेना देश र जनताको सेवामा समर्पित रहँदै आएको छ । जनतासँग नङ र मासुको सम्बन्ध छ। विपत्तिमा नागरिकका पहरेदार र सेवक नेपाली सेनाका हरेक जवान र उच्च पदस्थमा आफू मरेर पनि जनतालाई बचाउन खोज्ने गुण देखिन्छ।त्यस्तै ज्यानको बाजी राखेर देवराजलाई पुनर्जीवन दिने मच्छिन्द्र भण्डारीलाई नेपाली सेना र नेपाल सरकारले कस्तो सम्मान गर्ला त्यो त हेर्न बाँकी छ ।सैनिक भण्डारी जस्ता जवानको उत्कृस्ट कामको कदर भयो र गरियो भने सेनाका अन्य इमान्दार र वफादार व्यक्तिहरुमा पनि यस्तो काम गर्नुपर्छ भन्ने मनोबल र भावना विकास हुने देखिन्छ ।
सलाम छ नेपाली सेनाका बहादुर सैनिक जवान मच्छिन्द्र भण्डारीलाई !