News

हेडौडा काण्ड सेलाउन नपाउदै फेरि अर्को एक बुहारीको हत्या ।

महोत्तरी,सम्सी। महोत्तरीको सम्सी गाउपालिकामा एक महिला मृत अबस्थामा भेटिएकी छन ।सरिरभरी निलडाम सहित २२ बर्षिय सुनिला यादब असार -१४ गते आफ्नै घरमा मृत भेटिएकी हुन ।

उन्को मृत्युसगै स्थानिय बासिन्दा र माइती पक्षले यादबको घरपरिवारले हत्या नै गरेको दाबी गरेका छन ।

२०७१ सालमा बर्दिबास-१० बाट बिवाह गरि सम्सी गाउपालिका पुगेकी यादबलाइ दाइजो कै निउमा बेला बेलामा घर परिवारले दुख दिने गरेको स्थानिय बासिन्दाहरुको भनाइ छ ।

यता माइती पक्षले पनि आफ्नी छोरीको हत्या नै गरेको आरोप लगाएका छन । बिवाहमा राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलालाइ उन्का श्रीमान सन्जिब यादबले पीडा दिने गरेको उनिहरुको भनाइ छ ।

असार-१३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबको मिलोमतोमा दाइजो कै निउमा कुटपिट गर्दा मृत्यु भएको माइती पक्षले दाबी गरेका छन ।

सुनिला यादबको घर पक्षकालाइ किटानी जाहेरी सहित प्रसासनमा उजुरी समेत दिएको माइती पक्षले जानकारी दिएका छन ।

उन्लाइ मारेको नै हुन सक्ने अनेकौ प्रमाण्हरु भेटिए

सुनिलालाइ मारेको नै हुन सक्ने घटनास्थलमा अनेकौ प्रमाणहरु भेटिएका छन ।उन्को कपडा च्यातिएको छ भने सरिरभरी निलडाम छन । बायाँ तर्फको अँखामा गम्भीर चोट लागेको छ भने बायाँ पट्टीको गाला सुन्निएको देखिन्छ ।घटनास्थल वरपर लठ्ठीहरु भाचिएका छन भने केही लठ्ठीहरु फुटेको अबस्थामा भेटिएको बताइएको छ ।त्यसै गरी सुनिलाका पाँच बर्षिय छोराले समेत बुवाले आफ्नी आमालाइ धेरै मुक्का प्रहार गरेको देखेको बताएका छन ।

आमाले हारगुहार गरेर चिच्याउदा पनि बुवाले पिटन नछाडेको मृतक सुनिलाका छोराको भनाइ छ ।सुनिला आफ्नै खुट्टामा उभिने र कसैको भर नपर्ने भन्दै माइतीलाइ फोन गरेकी थिईन ।सुनिलाले केही दिन अगाडी माइत फोन गरेर आफू आफ्नै खुट्टामा उभिन लागेको बताएको स्मरण गरे ।” अब म धेरै पीडा खप्न सक्दिन आफ्नै खुट्टामा उभिने प्रयास गर्ने छु ।” अघिल्लो हप्ता मात्र सुनिलाका दाइ बिष्णुले बहिनीले फोनमा गरेको स्मरण गर्दै बताए ।आफ्नी बहिनीलाइ दाइजो कै निउमा हत्या गरेको पनि उन्ले आरोप लगाएका छन ।

बेला बेलामा आफ्ना ज्वाइले राम्रो सुट पाइन्ट तेरो माइतीले नदिएको भन्दै दु:ख दिने गरेको उन्को भनाइ छ ।यता प्रहरीले सुनिलाको लास पोष्टमार्टमका लागी पठाएको र आबस्यक अनुसन्धान भैइरहेको बताएको छ । आजसम्म पोष्टमार्टमको रिपोर्ट आइसक्ने पनी प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close