Entertainment

हरिशयनी एकादशी : आज श्रीहरि विष्णुको पूजा-आराधना गरि तुलसी रोपेर चतुर्मास व्रत आरम्भ गरिँदै

आज आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी अर्थात ठूली एकादशी । एकादशीकाे व्रत सम्बन्धि विभिन्न पुराण तथा उपपुरण हरुमा व्याख्या गरिएको छ । एकादशीकाे व्रत बस्नाले हामीले गर्नलागेका कार्यमा वृद्धि, मानसिक समस्याबाट मुक्ति लक्ष्मीकाे कृपा सदैब रहिरहने तथा धार्मिक र आत्ध्यात्मिक रुपमा मानिस बलियाे हुने शास्त्रमा उल्लेख गरिएको छ । यस दिन हिन्दू धर्मावलम्बीहरुले औषधीय गुणयुक्त तुलसी रोपेर भगवान श्रीहरि अर्थात् विष्णुको पूजा-आराधना गर्ने गर्छन्।

यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले चतुर्मास व्रत प्रारम्भ गर्दछन् । साथै एक पर्वको रुपमा मनाउने गरिन्छ । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने गरिन्छ । यस दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन् ।

भनिन्छ- आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागरमा सुत्न जानुहुन्छ । उहाँ चार महिनापछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठनुहुने विश्वास गरिन्छ । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘हरिशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘हरि प्रबोधिनी’ एकादशी भनिन्छ ।

चतुर्मास अवधिभर बिभिन्न व्रत तथा तीर्थ गरे पूण्य मिल्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु कठोर उपासनामा बस्ने पनि गर्दछन् । तुलसीलाई भगवान विष्णुको वानस्पतिक स्वरुपको रुपमा पनि लिने गरिन्छ ।

Related Articles

Back to top button
Close