Entertainment

बुधबार श्रीकृष्णको अवतार विथालदेवको पूजा गर्नुहोस, मिल्छ यस्तो लाभ

हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)ण्को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।बुधबारका दिन के गर्ने ?

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

यो पनि पढ्नुहोस : आज हरिशयनी एकादशी, तुलसी आज तुलसी रोपेर पूजा गरिदै !!आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशी हो । तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ।वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ।तुलसी आज तुलसी रोपेर पूजा गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्‍ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्‍ने विश्‍वास रहिआएको छ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस बर्ष को,रोना महा,मारीका कारण यस अघि जस्तो भिड नहुने भएको छ ।आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ ।

Related Articles

Back to top button
Close