Entertainment

हलेसी महादेवको दर्शन गरी ,वि.सं. २०७७ असार १८ गते बिहीवारको राशिफल हेर्नुहोस्

वि.सं. २०७७ असार – १८,बिहीवार,ई.सं.२०२० जुली – २, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-द्वादशी , १४:४१ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-अनुराधा , २५:२३ बजे उप्रान्त ज्येष्ठा,योग-साध्य , ०९:०७ बजे उप्रान्त शुभ,करण-वालव १४:४१ बजेदेखि कौलव , २५:४२ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-आनन्द, सूर्योदय-५:१४, सूर्यास्त-१९:०२, दिनमान-३४ घडी ३० पला, व्रत/पर्व-प्रदोष व्रत, तुलसीपिए, सर्वार्थसिद्धि योग २५:२३ बजेसम्म, खेलकुद पत्रकार दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – धेरै बोल्ने बानीले काम बिग्रिनेछ,काम गर्दा विवादमा परिनेछ,आफन्त संग चनाखो रहनु होला,किनमेल गर्दा सजक रहनु होला, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यमा समस्या आउनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, लेनदेन आदिमा सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– विरोधीहरु बढ्नेछन् ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ, काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मन मिल्ने साथी संग भेट हुनेछ,सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ, दैनिकी आहारविहारमा सचेत रहनुहोला, आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– काम बिग्रिन सक्छ,बोलीमा विचार गर्नुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– भिड भाड़ बाट बच्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ, आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफु भन्दा ठुला सगं सल्लाह सुझाव नलि गरेको काम बिग्रिनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ४ रहेको छ ।

Related Articles

Back to top button
Close