EntertainmentNews

आजको दिन देखि यी सात उपाय अपनाउनु होस् लक्ष्मीको कृपा तपाईं माथी रहिरहने छ

आषाढ शुक्ल पक्षकाे एकादशीका दिन विशेषगरी यी उपाय अपनाउन सकियो भने मनचाहे ईक्षा पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ ।

हरिशयनी अर्थात आजका दिन देखि चार महिनाका लागि भगवान् विष्णु पाताललाेकमा निवास गर्ने दिनलाई हरिशयनी एकादशी व्रत भनेर भनिएको हाे ।

चाैमासा सुरुहुने र सकिने अर्थात कार्तिक शुक्ल पक्षमा पर्ने हरि बाेधनी एकादशीकाे विशेष महत्व रहने शास्त्रमा उल्लेख गरिएको छ ।

यदि यसदिन सामान्य कुरामा ध्यान दिन सकियाे भने शुभफलमा वृद्धि हुने शास्त्रमा उल्लेख गरिएको छ ।

१ प्रात: कालमा स्नान गरिसकेपछि भगवान् विष्णुकाे प्रतिमालाई पहेलो पिताम्बरी वस्त्रले सिङ्गार गरेर पुजा गरेमा सम्पूर्ण मनाेकामना सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।

२ आजका दिनदेखि यदि दाहिने शंखकाे पुजा तथा दायाँवर्ती शंखबाट भगवान् विष्णुलाई जल चढाएमा लक्ष्मिकाे कृपा सदैब रहिरहने शास्त्रमा वर्णन गरेको छ ।

३ आजकाे दिन यदि भगवान् विष्णुलाई खीर या पहेंलो वस्तुकाे भाेग लगाएमा सन्तानबाट सुखहुने र उत्तम सन्तान प्राप्ति हुने उल्लेख गरिएको छ ।

४ धनलाभकाे कामना सहित आजकादिन माता लक्ष्मीकाे पुजा तथा आरधना गरेमा धनसम्पत्तिमा वृद्धि हुनुका साथै ऋणबाट पनि मुक्ति मिल्ने उल्लेख गरिएकाे छ ।

५ आजका दिन यदि तुलसीकाे नजिक शुद्ध गाईको घ्यूमा दियाे बालेर साझकाे समयमा प्राथर्ना गरेमा समस्त राेगबाट छुट्कारा प्राप्त गर्नसकिने उल्लेख गरिएको छ ।

६आजका दिन यदि गाईकाे दुधमा काचाे सिन्धुर मिसाएर अभिषेक गरेमा सत्रुबाधा हट्ने वताईएकाे छ ।

आजका दिन भगवान विष्णु तथा लक्ष्मीलाई साैभाग्य सामान अर्पण गरेमा मनचाहे मानिससंग विवाह सम्पन्न हुने तथा कमजाेर सम्बन्ध पुन राम्राे हुने उल्लेख गरिएको छ ।

७ आज देखि हरेक दिन चाैमास भरि साझमा तुलसीमठमा दियाे बालेर बिहान जल चढाएमा समस्त दुखकष्ट हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close