Entertainment

बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा, भोलि शुक्रबार यस्तो गर्नुहोस्

आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन(बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ। सोमबार यज्ञ गर्नु, गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ । मंगलबार भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ।

वुधबार चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ ।विहीवार धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ । शुक्रबार गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ(बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ । शनिबार झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह(प्रवेश , स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।

यो पनि पढ्नुहोस् चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close