Entertainment

कञ्चनपुरमा वडाध्यक्ष नाथले अंगालो हाल्दै ‘किस’ मागेपछि हंगामा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुव्र्यवहारको प्रयास गरेका छन् । भीनपा –९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।

बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

वडाध्यक्ष नाथलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् ।
साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ । मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

Related Articles

Back to top button
Close