News

भैंसी चराउन गएकी बालिकाको २ दिनपछि अर्धन’ग्न अवस्थामा श’व भेटियो

धनुषामा एक बालिका शुक्रबार बिहान मृ’त फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको श’व अर्धन’ग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बुधबार दिउँसो भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म पनि घर नआउँदा रातभर खोजी गर्दा नभेटिएपछि उनको परिवारले बिहीबार बिहानै अस्थायी प्रहरी चौकी कुर्थामा उ’जुरी दिएका थिए।

आज बिहान एक जना स्थानीयले खेतमा धान रोपिरहेका बेला दूधमती नदीको किनारमा गन्ध आएपछि हेर्न जाँदा बालिकाको श’व देखेका थिए। पछि उनैले प्रहरी र स्थानीवासीलाई समेत जानकारी गराएका थिए।

बालिकाको श’व देख्दा ब’लात्कारपछि उनको ह’त्या भएको हुन सक्ने स्थानीयले आशं’का गरेका छन्। बालिकाको श’व भेटिएपछि प्रहरीले उक्त स्थानलाई तारबार गरी सिल गरेको छ। यता घ’टनाबारे अनुसन्धान गर्ने क्रममा स्थानीयकाे आशं’कापछि प्रहरीले एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएकाे छ।

Related Articles

Back to top button
Close