News

कोरोना महामारीको बिचमा विदेशबाट फर्किएका नेपालीहरुले एस्तो गर्ने गरेको खुलसा !!

सरकारले विदेशबाट आउनेका लागि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान बनाएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न देशभर ५७ वटा होटल तयारी अवस्थामा राखेको छ । यी होटलहरु दैनिक करिव ३३ सय जनालाई एकसाथ सेवा दिन तयारी अवस्थामा छन् । तर, अहिलेसम्म विदेशबाट फर्किएका १६ हजार ६ सय ७२ जना मध्ये १ हजार १ सय जना मात्रै होटलमा बसेको पाइएको छ ।

होटलहरुले आवश्यक पूर्वाधार तयार पारे पनि विदेशबाट फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा बस्न मिल्ने नीति बनाएसँगै उनीहरु होटलमा नबसेर होम क्वारेन्टाइनमा बस्न गएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए । विदेशबाट आएका मध्ये ७ प्रतिशत मात्रै होटल क्वारेन्टाइनमा बसेका र बाँकी ९३ प्रतिशत सबै होम क्वारेन्टाइनमा बसेका छन ।

खासगरी पीसीआर वा आरडीटी रिपोर्ट लिएर आएका यात्रुलाई सरकारले घरमै क्वारेन्टाइनमा बस्न सक्ने सुविधा दिइएकाले पनि होटल क्वारेन्टाइनमा बस्ने यात्रुको सङख्या न्यून भएको छ । यसले गर्दा विदेशबाट उडान भन्दा एक दिन अघि होटल क्वारेन्टाइनको लागि बुकिङ गरेका प्राय यात्रु विमानस्थलबाट होल्डिङ सेन्टरमा पुगेपछि धमाधम घर फर्किने गरेको शाक्यको भनाइ छ ।

सरकारले अहिले पहिलो चरणमा खाडी मुलुक तथा कामको सिलसिलामा गएर दुःखमा रहेका नेपालीलाई प्राथमिकता दिएर घर फर्काइएको छ । त्यही कारणले होटलमा बस्नेहरुको संख्या न्युन भएको होटल व्यवसायीले अनुमान गरेका छन् ।

विदेशबाट आएकाहरुलाई सुरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमा राखिन्छ । त्यसपछि मात्र होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाउने गरेको छ । तर, यता होटल क्वारेन्टाइनमा बस्नेहरुले भने होटलमा बसेको खर्च आफैं बेहोर्नुपर्छ । खर्च बेहोर्न नसक्नेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने सर्तमा पठाउने गरिएको छ ।

होटल व्यवसायी र सरकारबीच भएको सहमति अनुसार विदेशबाट फर्केर होटेल क्वारेन्टाइनमा बस्नेका लागि प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्म रकम तोकिएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित गरिएको छ । होटल क्वारेन्टाइनमा प्रयोग भएका होटल चार तारेदेखि पर्यटकस्तरीयसम्म रहेका छन् ।

Related Articles

Back to top button
Close