News

कोरोनाबाट बच्न सुनको मास्क बनाएर लगाउने शंकर को हुन् ?

 

काठमाडौं। कोरोनाभाइरसको महामारीका बीचमा केही रोचक घटनाहर पनि भइरहेका छन् । केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् ।

 

 

 

 

कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् । हिस्स बुढी हरियाे दाँत भने बराबर भएकाे छ । कति खुशि भएका २६ सय नेपाली काराेनाका कारण जानका लागि राेक लगाइएकाे छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् । अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ ।

योसँगै सन् २०२० को डीभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु पनि अमेरिका जान नपाउने भएका हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले भिसा नपाउने निश्चित भएको छ ।

सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।

सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए । सन् २०२१ को डीभीका लागि छनौट भएकाहरुले पनि आउदो जनवरीअघि भिसा नपाउने भएका छन् ।

Related Articles

Back to top button
Close