News
मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना, १ सय १८ जना पक्राउ
काठमाडौं – लकडाउन खुकुलो भए पनि कोरोना महामारी रोक्न बारा प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको परीक्षण गर्ने र कारबाही गर्ने प्रकृया अगाडि बढाएको छ।
बारामा मास्क नलगाउने १ सय २८ जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गरिरहेका १ सय २८ जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। जिल्लाको कलैया
उपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।
मास्क नलगाएको आरोपमा संक्रमित रोग नियन्त्तणम ऐन अन्तर्गत रु एक सय जरिवाना तिराई कारवाही गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी गराए।
उनले कारबाहीमा पर्नेमा उद्योगी, व्यसायी, पसले, पैदल यात्रुलागयत सर्वसाधारण सबै कारवाहीमा परेको जनाए।