News

झडप र तनावबीच कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्यष्टि

गोरखा : गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।

कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झडप भएको थियो । स्थानीयबासीले अन्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अवरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रहरीमाथि स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र सात सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा चारजना प्रहरी र केही आसपासका बासिन्दा घाइते भएका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएर छाडिएको उनले बताए ।
भीड तितरबितर भएपछि साँझ छ बजे नेपाली सेनाको विशेष टोलीले मृतकको दाहसंस्कार गरेको रणसिंह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।

Related Articles

Back to top button
Close