News

राष्ट्रपति र मेराविरुद्ध पार्टीभित्रैबाट षडयन्त्र भयो, मलाई साथ नदिने जति जानुस्’ – ओली

काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट राष्ट्रपति र आफुविरुद्ध चलखेल भएको बताएका छन् । आफुलाई दुवै पदबाट हटाएर राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेसम्मको खेल भएको आफुले पाएको बताएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पटक पटक राष्ट्रपतिसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री, राज्यमन्त्री र प्रमुख राजनीतिक सल्लाहकारसहितको बैठकमा उनले स्पष्ट भाषामा यस्तै अवस्था रहे पार्टीमा संकट निम्तिन सक्ने समेत औल्याए । नक्सा जारी र नागरिकता विधेयक पारितसँग भएसँगै भारतबाट आफु ‘टारर्गेट’मा रहिरहेका बेला पार्टीकै साथीहरुले चालिरहेको कदमले एकता नै खलल पुर्याउन खोजेको बताए । यद्यपी उनले अन्तिम समयसम्म आफु पार्टी एकता जोगाउन लागि रहने उल्लेख गरे ।

सबैमन्त्री उपस्थित छलफलमा उनले पार्टीमा एकता बचाईराख्नका लागि तपाईहरुले पनि आ–आफ्नो ठाउबाट प्रयत्न गर्न आग्रह गरेका छन् । ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुरा उनले राखेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको पनि स्पष्ट शब्दमा बताए । ‘यस्तो बेलामा दोस्रो पक्ष खुलेर आउछ भने आफुले पनि त्यसको प्रतिवाद गर्ने कुरा स्पष्ट हुन्छ’, प्रधानमन्त्रीको भनाई थियो । उनले पार्टीमा सधै एक रहिरहने अवस्था आएन भने तपाईंहरू पनि कुन कित्तामा भनेर स्पष्ट हुनुपर्ने अवस्था आउन सक्ने बताए । पार्टी एकताको पक्षमा हो वा कुनै स्वार्थमा कुदिरहेको गुटको पक्षमा हो त्यो तपाईहरुले स्पष्ट गर्नुपर्ने बेला भएको उल्लेख गरे ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’ पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई उनले जानकारी गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,’ उनले भनेका थिए ।

Related Articles

Back to top button
Close