News

विश्वभर कोरोनालाई जितेर ६४ लाख ३३ हजारभन्दा बढी बिरामी घर फर्किए

एजेन्सी- विश्वभर कोरोना भाइरसको त्रास बढीरहेका बेला ६४ लाख ३३ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विशवभरका कुल संक्रमित १ करोड १३ लाख ७२ हजारभन्दा बढी पुग्दा साडे ६४ लाख निको भएसँगै यसको जोखिम र तनाव भने कम भएको देखिन्छ ।

यो समाचार तयार पार्दासम्म ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ८९ हजारभन्दा बढीका छन् । अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । मृत्युदरमा कमी आए पनि कोरोना संक्रमितको संख्या उच्चदरले बढ्नु गम्भीर संकटको संकेत भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८६१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ४३२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७४ हजार ४७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख २९ हजार ४०६ पुगेको छ । त्यसमध्ये १५ लाख २९ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् । थप देशको जानकारी तलको तथ्यांकमा हेर्नुहोस्

Related Articles

Back to top button
Close