News

भारतमा एकैदिन २४ हजार बढी कोरोना संक्रमित फेला, ६ सय बढीकाे मृ त्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै म’हामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा शनिबार मात्रै २४ हजार १५ नयाँ संक्रमित फेला परेका छन् भने ६ सय १० जनाकाे मृ त्यु भएकाे वर्डाेमिटर्सले जनाएकाे छ । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

याेसँगै अहिले भारतमा काराेनभाइरसबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ९०४ पुगेकाे छ । काेराेनबाट मृ त्यु हुनेकाे संख्या भने १९ हजार२७९ पुगेकाे छ ।

Related Articles

Back to top button
Close