News

आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ?

साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् :जिवनमा सधैं खुशी हुन चहानुहुन्छ भने पालना गर्नुहोस श्रीकृष्णका यि १० वचनहरू!!श्रीकृष्णको नाम जप्दा मात्र पनि अनेकौं दुखःबाट मुक्ति पाउने धार्मिक विश्वास छ । श्रीकृष्णका अनमोल वचन तथा ज्ञानमा ध्यान दिएमा थकानयुक्त अफिस लाइफमा समेत उर्जा पाउन सक्नुहुन्छ । कृष्णका ति अनमोल वचनहरु के के छन् :

१. रीसमा नियन्त्रण:क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।२. कर्ममा खुसि खोज:जो ब्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको ब्यक्ति मात्र खुसि रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुसि प्राप्त गर्दछ ।

३. मनमा नियन्त्रण:यदि कोही ब्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैमाथि हानी पुर्याउने काम गर्दछ । ब्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही ब्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।४. अनुशासनमा वस:ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तलवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयाश गर्नुपर्दछ ।

५. यी काम मात्र गर:कर्ममा प्राप्तिका लागि मेहनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो ब्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।६. हरेक कर्मको फल पाइन्छ:हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केहि ढिलो वा समय ब्यत्तित भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केहि गुम्छ न त केहि ब्यर्थ जान्छ । तसर्थ ब्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।

७. अभ्यास आवश्यक छ :बन्द कोठामा बसेर सफलताका लागी लगाइएको बुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।८. दृढ विश्वास सफलताको कारक:व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित बस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।

९. तनाव कम गर:समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट ब्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।१०. आफ्नो काम पहिला गर:अरु कोहि ब्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पुर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।– एजेन्सी

Related Articles

Back to top button
Close