News

क्वारेन्टिनमा बसेका बागलुङका २९ वर्षीय सुनिलको मृ’त्यु

काठमाडौ, असार २१- बागलुङ क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका २९ वर्षीय सुनिल विक रहेका छन् । उनको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

केहि दिन अघि मात्रै भारतबाट आएर क्वारेन्टिनमा बसेका सुनिलको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए । लामो समयदेखि मिर्गौला रोगबाट पिडित रहेका विकको पिसीआर रिपोर्ट आएपछि मात्रैं दाहसंस्कार गरिने बताइएको छ ।

Related Articles

Back to top button
Close