News

जापानमा बाढी-पहिरो र डुबानले २० को मृत्यु, दशौँ हजार प्रभावित

टोकियो : जापानका विभिन्न क्षेत्रमा भारी वर्षासँगै आएको बाढी-पहिरो र डुबानमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । अरु थुप्रै घाइते छन् ।

घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । साथै घटनास्थलमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । बढी र डुबानबाट थुप्रै घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । सरकारले हेलिकप्टरबाट उद्धार गर्ने काम जारी रहेको जापानी मिडियाले जनाएका छन् ।

खराब मौसमका कारण बाढीग्रस्त क्षेत्रमा बिजुली तथा टेलिफोनको लाइन समेत काटिएको छ । साथै सडक अवरुद्ध छन् । प्रधानमन्त्री सिन्जो आबेले घटनास्थलमा हराइरहेका मानिसहरुको खोजी र उद्धारका लागि विशेष टोली परिचालन गराएका छन् ।

Related Articles

Back to top button
Close