News

अमेरिकामा दुई जहाज ठोक्किएर तालमा खस्दा आठ जनाको मृत्यु एजेन्सी वासिङ्टन, असार २२

अमेरिकामा दुई जहाज ठोक्किएर तालमा खस्दा कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ।

आइडाहोमा रहेको कोयूर डिएलिन तालमाथि दुई जहाज ठोक्किँदा आठ जनाको मृत्यु भएको कुटेनाइ काउन्टी सेरिफ अफिसका लेफ्टिनेन्ट रायन हिगिङ्ग्सले बताए।

दुर्घटना स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे भएको हिगिङ्ग्सले सिएनएनलाई बताएका छन्।

 

दुई मृतकको शव भने जहाज तालमा डुब्न अघि नै निकालिएको थियो। अन्य ६ जना भने ताल भित्रै रहेको र मृत्यु भइसकेको हिगिङ्ग्सले जानकारी दिए।

मृतकमध्ये बालक पनि रहेको तर विस्तृत जानकारी आइनसकेको उनले बताएका छन्। दुर्घटनाको कारण भने पत्ता लागेको छैन।

 

 

दुबै जहाज १ सय २७ फिटमुनि भएको सोनार टोलीले बताएको छ। ती जहाजहरूलाई तालबाट मंगलबारसम्ममा बाहिर निकालिसक्ने बताइएको छ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन(एफएए)का प्रवक्ता लान ग्रेगरका अनुसार दुर्घटनामा परेको एक जहाज सेस्ना २०६ हो। एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले उक्त दुर्घटनाको अनुसन्धान गरिरहेको ग्रेगरले बताए।

 

 

 

 

Related Articles

Back to top button
Close