Entertainment

साउदी सरकारले नेपाली श्रमिकका लागि दियो खुशीको खबर

News

साउदी सरकारले नेपाली श्रमिकका लागि दियो खुशीको खबर

काठमाडौ । साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मि’निस्ट्री अफ इन्टेरियरले जनाएको छ । यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई उद्धृत गर्दै अरब न्युजले खबर लेखेको छ ।

यस्तै साउदीले बिदामा रहेका आप्रवासी श्रमिकका लागि पनि यो नियम लागू हुने जनाएको छ । कोरोनाको कारण साउदी प्रवेशमा रोक लगाएको अवधिमा भिसाको म्याद सकिएको भएमा थप तीन महिना कुनै शुल्कबिनै म्याद थप हुने साउदीले जनाएको छ । यो नियम पर्यटक भिसामा रहेकाहरुलाई पनि लागू हुनेछ ।

वैदेशिक रोजगारीमा जान आज ४१० जनाले पुनस् श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुनस् श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै आज सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुनस् श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७,जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुन स् श्रम स्वीकृति लिएका हुन् ।

यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close