News

तिब्र गतीको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर-मकवानपुरको मनहरी–७ बिजौनामा तिब्र गतीको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् ।

उनलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कार ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेको पहिचान भने भइसकेको छैन् । ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close