News

विवाह मण्डपमा बेहोस भएर अस्पताल लगिएकी बेहुलीको निधन, कोरोनाको शंकाका कारण उपचार नभएरै ज्यान गयो

अस्पतालले कोरोनाको आशंकामा भर्ना नै गर्न नमाने पछि विवाह मण्डपमा बेहोस भएर अस्पताल लगिएकी बेहुलीको निधन भएको छ । यो घटना भारतको हो । भारतको उत्तर प्रदेशमा विवाह मण्डपमा बसेकी बेहुली बेहोस भइन् । यो घटना कन्नौज जिल्लाको हो ।

वेहुला आइसकेका थिए । वेहुलीलाई मण्डपमा ल्याइयो । विवाहको प्रकृया चलिरहेको थियो । वेहुली विनिता अकस्मात वेहोस भइन् । संगै वेहुला सञ्जय पनि थिए । विवाहमा सरिक भएकी बेहुली बेहोस भएपछि बेहुला सञ्जय असमन्जसमा परे ।

परिवारका सदस्यले वेहुली विनितालाई तत्काल अस्पताल लिएर गए । बिहेका बेला देखि नै १९ वर्षीय विनिताले असहज महसूस गरेकी थिइन् । विवाह रोकेर परिवारका सदस्यले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन । उनलाई अस्पतालले कोरोना आशंका गरेर चिकित्सक र स्वासथ्यकर्मी नजिक पनि परेनन् ।

विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो ।कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ । उनलाई कोरोना भए नभएको बारे रिपोर्ट नआएको बताइएको छ ।

Related Articles

Back to top button
Close