News

कैलालीमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

कैलालीमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन्।

चुरे गाउँपालिका-६ भावर बस्ने २३ वर्षीय गणेश बहादुर ऐरलाई प्रहरीले बुधबार घरबाट पक्राउ गरेको हो।

उनले ७५ वर्षकी हजुरआमा पार्वती देवी ऐरलाई मंगलबार दिउँसो तीन बजे हत्या गरेको प्रहरीले जनाएको छ।

घरमा कोही नभएको मौका छोपी सुरूमा उनले फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए।

त्यसपछि घरको पश्चिमपट्टी रहेको अरहरको बारीमा लगी धारिलो हतियार (दाउ)ले घाँटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हत्या पछि सोही बारीमा अरहरको झारले लाशलाई छोपेका थिए।

प्रहरीले हत्याको कारण नखुलेको जनाएको छ।

Related Articles

Back to top button
Close