News

सिन्धुपाल्चोक बाढी : घाइतेलाई हेलिकोप्‍टरबाट काठमाडौं ल्याइयो (अपडेट)

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे-५ मा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको टोली घाइतेलाई उद्धारका लागि कैलाश एयरको हेलिकप्टर लिएर घट्नास्थल गएका हुन्।

भोटेकोसीमा भीषण बाढी : बस्ती डुबानमा, थुप्रै बेपत्ता, दुईको शब भेटियो
सिन्धुपाल्चोकमा बाढी बितन्डा (फोटो फिचर)
भोटेकोसी बाढीले अरनिको राजमार्ग पनि ब्लक : मौसम खराबीले हेलिकोप्‍टर जान सकेन
भोटेकोसी बाढीले अरनिको राजमार्ग ब्लक : उद्धारमा समस्या, हेलिकोप्टर आकाशबाटै फर्कियो
भोटेकोसी बाढी अपडेट : २ को मृत्यु, १९ जना बेपत्ता (नामावलीसहित)
सापकोटाका अनुसार हेलिकोप्टरबाट गम्भीर घाइते सविना बस्नेतलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। अर्का घाइते सिंहबहादुर वाइवालाई पनि हेलिकोप्टरबाटै काठमाडौं ल्याउने तयारी भइरहेको छ। हेलिकोप्टरमा घाइतेलाई सुताएर राख्न पर्ने भएकाले एक पटकमा एक जनालाई भन्दा बढी लैजान नसकिएको सापकोटा अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

बिहीबार बिहान घाइतेलाई उद्धारका लागि काठमाडौंबाट उडेको हेलिकोप्टर मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मंगलटारमा अवतरण गरिएको थियो। मंगलटारमा करिब २ घण्टा बसेपछि घाइतेलाई उद्धारका लागि हेलिकोप्टर बाह्रबिसे पुगेको थियो।

Related Articles

Back to top button
Close