News

एउटा गल्ती लुकाउन अर्को गल्ती गर्दै सरकार…… प्रधानमन्त्रीकै कार्यालयलेनै सूचना ‘लिक’ गरेको खुलासा

काठमाण्डौ,चैत २७ । लकडाउनका कारण काठमाडौंमा अप्ठ्यारोमा परेकाहरुलाई गाउँ फर्कन दुई दिनको समय दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै यस्तो निर्णय नभएको समाचार बाहिरिएपछि सरकार माथि चौतर्फी आलोचना भएको छ । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेपछि यो सुचनाको स्रोत सबैले खोजिरहेका थिए । सरकारको आधिकारिक फेसबुकमा पनि बाहिर जान दिने निर्णय भएको सुचना राखिएको थियो । यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज मा नै यो सूचना पोष्ट गरिएको छ।
‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’ पेजमा पोष्ट गरिएको सूचनामा भएको थियो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज उच्चस्तरीय समन्वय समितिको बैठक नै नभएको, कुनै कार्यसूची र निर्णय नभएको बताएका छन् । पोखरेलको यो विज्ञप्ति आएलगतै सचिवालयले स्टाटस एडिट गरेको छ। ‘ स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’ अपडेट गरिएको स्टाटसमा भनिएको छ । अहिले उक्त पेजलाइ हाइड गरिएको छ । प्रवक्ता भन्छन्-‘आधिकारिक पेज होइन’

Related Articles

Back to top button
Close