News

लकडाउनको मा’रमा परेका २३ हजार मजदुरको खातामा पैसा हालिदिए सलमानले

कोरोना भाइरसका कारण भारतमा ‘लकडाउन’ गरिएको छ । जसका कारण मिडल क्लास र अपर मिडल क्लास परिवार घरबाटै आफ्नो प्रोफेसनल काम गर्ने कोशिश गरिरहेका छन् । तर, ज्याला मजदूरी गरेर परिवार पाल्ने मजदूरहरुलाई ‘लकडाउन’ ले ठूलो समस्या उत्पन्न भएको छ । उनीहरुलाई यो सं’कटको घडीमा थुप्रै बलिउड स्टारहरुले सहयोग गरिहेका छन् ।

केही दिनअघि अभिनेता अक्षय कुमारले कोरोनाको विरुद्ध ल’ड्न’का लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा स्थापना गरिएको राहत कोषमा २५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका थिए । त्यस्तै, यो भाइरसविरुद्ध ल’ड्न प्रधानमन्त्री राहत कोषमा कार्तिक आर्यनले पनि १ करोड दिने घोषणा गरेका छन् । अन्य बलिउड सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् ।

यसबीच, यो मामलामा अभिनेता सलमान खानका पिता तथा चर्चित स्क्रिप्ट राइटर सलीम खानले एक बयान दिएका छन् । मिड डेसँग कुराकानी गर्ने क्रममा उनले भनेका छन्, ‘म सलमानको मद्दतमा टिप्पणी गर्न चाहन्नँ किनकि मलाई यसको बारेमा अहिले धेरै थाहा छैन । तर हाम्रो परिवारको एक सिद्धान्त छ- जहाँ हाम्रो पैसा जान्छ, त्यो देखिनुपर्छ र कसैलाई काम आउनुपर्छ ।’

उनले आफ्नो घरमा काम गर्ने व्यक्ति र सलमानको सेक्यूरेटी गार्डस्लाई सबै सुविधा उपलब्ध गराएको बताए । सलमानले आफ्ना भाई अरबाज खान र सोहेल खानसँग मिलेर सलमान खान फिल्मस् नामक प्रोडक्शन हाउस चलाउँछन् । मार्चमा ‘लकडाउन’ को कारण फिल्मको छायांकन पोस्टपोन्ड भएपछि स्टूडियोले सबै कर्मचारीलाई एक महिनाको तलब समेत दिइसकेको छ ।

अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका छन् । उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग गरेका हुन् । सलमानले पनि २३ हजार मजदुरको खातामा सहयोग गरेको बताइएको छ । कोरोना भाइरसविरुद्ध ल’ड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । भने अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिएको भारतिय मिडियाले जनाएको छ ।

उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् । उनले पैसा मात्र नभई खानले २५ हजार कर्मचारीहरुलाई सहयोग गर्ने भारतिय मिडियाले जनाएको छ । उनले मजदुरको दैनिकी चलाउन आवश्यक सबै रकम बेहोर्ने जानकारी गराएका छन् ।

Related Articles

Back to top button
Close